प्रोटोनको ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सुरू, पाइन्छ ६ सुविधा

काठमाडौं । प्रोटोनको ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सुरू भएको छ ।

नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले वैशाख १३ गतेदेखि उक्त एक्सचेन्ज कार्यक्रम सुरू गरेको हो ।

यो सेल्स एण्ड एक्सचेन्ज कार्यक्रम वैशाख १५ गतेसम्म प्रोटोनको देशभरका शोरुमहरुमा संचालन हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरूले आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना गाडीसँग नयाँ प्रोटोन इमास सेभेन ईभी लगायत प्रोटोनका विभिन्न मोडलहरू साट्न सक्नेछन् ।

यस योजनामा ग्राहकले आकर्षक नगद छुट, पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्य, १ वर्षको निःशुल्क बीमा, १ वर्षको रोड ट्याक्स, ७ किलोवाटको चार्जर ८ वर्षसम्मको वारेन्टी सुविधा पाउने छन् ।

कम्पनीका अनुसार यो योजना ग्राहकलाई सहज, भरपर्दो र थप मूल्ययुक्त सवारी खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले ल्याइएको हो ।


Back_to_top