चेरीले ल्यायो पानीमा चल्ने ‘जी-७००’ एसयूभी

काठमाडौं । चेरी अटोमोबाइल्स ग्रुप अन्तर्गतको जेटोर ब्राण्डमा आएको ‘जी-७००’ मोडल पानीमा चल्न सक्ने एसयूभी भएको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा बिक्री थाल्ने तयारी गरेको जी-७०० एसयूभी हाइब्रिड मोडल हो ।

यसअघि नै बीवाइडीले याङवाङ ब्राण्डमा यू-८ एसयूभी पानीमा तैरियर चल्न सक्नेगरी ल्याएको थियो । अहिले चेरी ग्रुपले याङवाङ यु-८ एसयूभीभन्दा पनि राम्रोसँग पानीमा चल्न सक्ने मोडल बजारमा उतारेको दावी गर्छ ।

कम्पनीका अनुसार जी-७०० एसयूभी पानीमा ढुङ्गा जस्तै चल्न सक्नेछ । जेटोर ब्राण्डमा बिक्री हुने नयाँ एसयूभीमा २.० लिटर टर्बो इन्जिन दिइएको छ । प्लगइन हाइब्रिड भएको कारण यसको अगाडि र पछाडि नै इलेक्ट्रीक मोटर जडान गरिएको छ ।

निकै पावरफुल एसयूभीको संयुक्त पावर ८९२ हर्स पावर र ११३५ न्यूटन मिटर टर्क छ । प्योर अफरोड एसयूभीको रुपमा आएको जी-७०० लाई ४.६ सेकेन्डमा सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीडमा पु¥याउन सकिन्छ ।

प्लगइन हाइब्रिड मोडल भएको कारण चेरी ग्रुपले यसमा सीएटीएलले उत्पादन गरेको ३१.४ किलोवाट आवरको ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिने बताइएको छ । उक्त ब्याट्रीलाई १० मिनेट चार्ज गर्दा २० बाट ८० प्रतिशत बनाउन सकिन्छ ।

प्रोपेलरको सहायताले यसले पानीमा तैरियर आफ्नो क्षमता देखाउने छ । कम्पनीले गत साता बेइजिङको उत्तरमा रहेको यान्की ताल पार गरेर देखाएको थियो । यति ठूलो एसयूभीले ताल नै पार गर्दा अटोमोबाइल क्षेत्रमा ठूलो समाचार बन्नु स्वभाविक हो ।


Back_to_top