ठूलो ब्याट्रीमा आयो ‘टीभीएस आइक्यूब’, बढ्यो रेन्ज

काठमाडौं । टीभीएस मोटरले भारतमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ आइक्यूबमा ब्याट्री साइज ठूलो बनाएर ल्याएको हो ।

टीभीएसले नयाँ आइक्युव एस भेरियन्टमा ४.७ किलोवाट आवरको ब्याट्री दिएको छ । यसअघि ३.५ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध आइक्यूब अब थप धेरै रेन्ज दिने भएर आएको हो ।

ब्याट्री बढेर आएको आइक्यूब एस भेरियन्टको मूल्य १ लाख ३७ हजार १४२ भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेर भारतमा बिक्री थालको हो ।

नयाँ मोडल सार्वजनिक भएसँगै यसअघि रहेको पुरानो एस भेरियन्टको बिक्री तथा उत्पादन अप्रिल महिनाबाटै बन्द गरेको थियो ।

ब्याट्री साइजमा आएसँगै एक पटकको फुल चार्जमा १७५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ । कम्पनीले यसमा ४.४ किलोवाटको हब मोटर दिएको छ । जसको पीकटर्क ३३ न्यूटन मिटर छ । नयाँँ स्कुटरको टप स्पीड ८२ किलोमिटर प्रतिघण्टा छ । यसलाई सून्यदेखि ४० सम्मको स्पीड ४.३ सेकेन्डमै पुरा गर्छ ।

आइक्यूब एसको कुल तौल १२८.८ किलोग्राम रहेको छ । नयाँ स्कुटरको सिट हाइट ७७० एमएम, ह्वीलवेस १३०१ एमएम र ग्राउण्ड क्लियरेन्स १५७ एमएम छ ।

टीभीएसले यसमा ब्लुटुथ र नेभिगेसन सपोर्टसहितको ७ इन्चको ठुलो टीएफटी डिस्प्ले दिइएको छ । जसमा ११८ भन्दा बढि कनेक्टेड फिचरहरु पाउन सकिन्छ ।

यसको डिजाइनमा भने परिवर्तन छैन । एलईी लाइट सेटअप, रिभर्स मोड, क्रयास अलर्ट, फल अलर्ट, एन्टि थेप्ट अलर्ट, आईपी ६७ वाटर र डस्ट रेसिस्टेन्ट कम्पोनेन्ट पाउन सकिन्छ ।

फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक, ट्युबलेस टायर, अलोय ह्वील, ९५० वाट पोर्टेवल चार्जर, अफबोर्ड चार्जर सिस्टम, ३२ लिटरको अन्डर सिट स्टोरेज, चार्जिङ पोर्ट, कन्भेन्सनल टेलिस्कोपिक फ्रन्ट फोर्क र रियर ट्वीन सक दिइएको छ ।


Back_to_top