काठमाडौं । काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षको ९ महिना (साउन-चैत)को अवधिमा साढे ४ हजार बढी सवारी दुर्घटना भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार आयोजित समीक्षात्मक र अन्तरक्रियात्मक कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कार्यालयका अनुसार ९ महिनाको अवधिमा उपत्यकामा मात्रै ४ हजार ४ हजार ६३१ वटा सवारी दुर्घटना भएका हुन् । जसमा १७४ जनाको मृत्यु भएको छ ।
त्यस्तै, उक्त दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन् । त्यसैगरी ४ हजार ९२७ जना सामान्य घाइते भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख (एसएसपी) नवराज अधिकारीले जानकारी दिए ।
दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना १६ वर्ष मुनिका रहेका छन् । १६ देखि ३५ वर्ष उमेरसम्मका ८६ जना र ३६ वर्ष माथिका ८१ जना रहेका छन् ।


