अवतरणको क्रममा टर्कीस एयरलाइन्सको पाँग्रामा आगो लाग्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजको पाँग्रामा आगो लागेको छ ।

सोमबार बिहान इस्तानबुलबाट काठमाडौं आएको टीके ७२६ कल साइनको जहाज अवतरणको क्रममा पाँग्रामा आगो देखिएको हो ।

दमकलको प्रयोग गरी उक्त आगो तत्कालै निभाइएको विमानस्थल कार्यालयले जनाएको छ । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । जहाजमा सवार सबै यात्रु सकुशल छन् ।

आगो लाग्नुको कारण खुलेको छैन । घटना र विमानको प्राविधिक अवस्था बारे जाँच भइरहेको जनाइएको छ ।


Back_to_top