काठमाडौं । सरकार काठमाडौंको सवारी व्यवस्थापनका लागि त्रिपुरेश्वरमा फ्लाइओभर निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा उक्त अध्ययन हुने बताएका हुन् ।
त्यस्तै उनले कोटेश्वर लगायत क्षेत्रमा पनि सवारी व्यवस्थापनका लागि सहजिकरण गर्न व्यवस्थित उपायहरु अवलम्बन गर्ने व्यवस्था मिलाईने बताएका छन् ।


