सरकार सडक पूर्वाधारको विकासलाई उच्च प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सडक पूर्वाधारका लागि १ खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ ।
अर्थ मन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा पेश गरेको बजेटमा त्यस्तो व्यवस्था गरेका हुन् । सडक पूर्वाधार नै देश विकास आधार भएकाले सडक पूर्वाधारमा ठूलो रकम बजेट विनियोजन गरिएको हो ।
सडक पूर्वाधार अन्तर्गत पूर्वपश्चिम राजमार्गदेखि उत्तर दक्षिण जोड्ने सडकसम्म रहेका छन् । त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेश सदरमुकाम जोड्ने सडक निर्माण गर्ने भएको छ ।
हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्गजस्ता राजमार्ग निर्माण प्रमुख प्राथमिकतामा रहेको छ ।


