भारतले घटायो पेट्रोल र डिजेलमा लाग्ने निर्यात शुल्क

काठमाडौं । भारत सरकारले पेट्रोलियम पद्धार्थमा लाग्ने निर्यात शुल्क (एक्सपोर्ट ड्युटी) घटाएको छ ।

भारतले आगामी जुन १ देखि लागू हुने गरी पेट्रोल, डिजेल र एभिएसन टर्बाइन फ्युल (एटीएफ) मा लाग्ने निर्यात शुल्क ९० घटाउने भएको हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार पेट्रोलमा निर्यात शुल्क प्रतिलिटर १.५ भारतीय रुपैयाँ कायम गरिएको छ । हाल यस्तो शुल्क प्रतिलिटर ३ भारु छ ।

त्यस्तै, भारतले डिजेलमा निर्यात शुल्क प्रतिलिटर १३.५ भारु र एटीएफमा प्रतिलिटर ९.५ भारु तोकेको छ । हाल डिजेल र हवाई इन्धनमा निर्यात शुल्क क्रमशः १६.५ भारु र १६ भारु थियो ।

पेट्रोलियम पद्धार्थमा निर्यात शुल्क दरहरू प्रत्येक पन्ध्र दिनमा परिवर्तन गरिन्छ । यस्तो परिवर्तन कच्चा तेलको विश्वव्यापी औसत मूल्यका आधारमा तय गरिन्छ ।

निर्यात शुलक घटे पनि भारतीउ उपभोक्ताले भने प्रत्यक्ष फाइदा पाउने छैनन् । किनभने एक्साइज ड्युटि हालकै कायम राखेको छ । तर, यसले भारतीय रिफाइनरीहरूको निर्यात लागत घटाउँछ । जसले उत्पादन र आपूर्ति सहज बनाउन सक्छ।


Back_to_top