त्रिभुवन विमानस्थलमा पिक एण्ड ड्रप’ गर्दा १५ मिनेटसम्म पार्किङ शुल्क नलाग्ने

काठमाडौं । अब काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीको पार्किङ शुल्क नलाग्ने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्‍याउन र लिन आउने सवारीको सुविधालाई मध्येनजर गर्दै यस्तो व्यवस्था गरेको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रुको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’को समय बढाइएको जानकारी दिए। यसअघि ७ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा उक्त समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढाइएको उनले बताए।

उनले भने, ‘परीक्षणका लागि हामीले एक महिना १५ मिनेट ‘पिक एण्ड ड्रप’ गरेको पार्किङ शुल्क नलिने व्यवस्था गरेका छौँ, यस व्यवस्थाविपरीत शुल्क लिनेलाई कारबाही गरिनेछ ।


Back_to_top