नेक्सनभन्दा धेरै बिक्न थाल्यो पन्च एसयूभी

काठमाडौं । प्यासेन्जर कार सेग्मेन्टमा टाटा मोटर्सका ९ मोडलमध्ये नेक्सन र पन्च एसयूभी सर्वाधिक बिक्री हुनेमा अग्र स्थानमा रहेका छन् ।

नेक्सन विगतदेखि नै सर्वाधिक बिक्री हुने एसयूभीको रूपमा रहँदै आएको थियो । सन् २०२६ मेमा भने नेक्सनलाई पन्च एसयूभीले उछिनेको छ ।

सन् २०२६ को मेमा पन्च सर्वाधिक २० हजार २८ युनिट बिक्री भएको छ । यो ईभी र आइस दुवैको संख्या हो । कम्पनीले पन्च एसयूभीको फेसलिफ्ट मोडल ल्याएसँगै बिक्रीले रफ्तार लिएको हो ।

मेमा नेक्सन १९ हजार १०० युनिट बिक्री भएको छ । यो पनि ईभी र आइस दुवैमा उपलब्ध छ ।

मे महिनामा टाटाको समग्र बिक्री ४२ प्रतिशतले बढेर ५९ हजार ९० युनिट पुगेको छ । जसमा पन्च र नेक्सन मात्रै ३९ हजार ३०० युनिट बढी बिक्री भएका हुन् ।

टाटाले हाल बजारमा ९ मोडलका कार उपलब्ध गराएको छ । जसमा ३ मोडल आइस मात्र र ६ मोडल ईभी/आइस दुवै भर्सनमा उपलब्ध गराएको छ ।

तेस्रो धेरै बिक्री हुने मोडलमा सियरा रहेको छ । कम्पनीले गत वर्ष बजारमा ल्याएको सियरा एक महिनामै ६ हजार ६०६ युनिट बिक्री भएको छ । त्यस्तै, टियागो ४ हजार १७८ युनिट, अल्ट्रोज २ हजार ९१५ युनिट, ह्यारियर २ हजार ८१५ युनिट, कर्भ १ हजार ६८० युनिट, सफारी १ हजार ५७ युनिट र टिगोर ५३१ युनिट बिक्री भएको छ ।

टाटाका ९ मोडल कारमध्ये नेपालमा सियरा र ह्यारीयर दुई मोडल मात्र उपलब्ध छैनन् । अरु ७ मोडल बिक्री हुँदै आएका छन् ।


Back_to_top