काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख फेरिएका छन् ।
सरकारले एसएसपी नवराज अधिकारीलाई केन्द्रीय साइबर ब्यूरोमा सरुवा गरेसँगै नयाँ कार्यलय प्रमुखको रूपमा एसएसपी सुरेश काफ्ले आएका हुन् ।
काफ्लले सोमबारदेखि नै कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
एसएसपी अधिकारीले करिब १ वर्ष ट्राफिक कार्यालय प्रमुखको रुपमा काम गरेका थिए । उनलाई सोमबार बिदाइ गरिएको हो ।


