मासिक कति तिर्दा किन्न पाइन्छ टप भेरियन्ट ‘ई भिटारा’

काठमाडौं । सीजी मोटोकर्पले सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभी ‘ई भिटारा’ नेपालमा बिक्री थालेको छ । यसअघिको करका दर अनुसार झण्डै ६४ लाख ४९ रुपैयाँ पर्ने टप भेरियन्ट अब ६४ लाख ४९ हजारमै आउने भएको हो ।

मूल्यको हिसाबले ६० लाखभन्दा कम पर्ने ई भिटाराले कस्तो ब्यापर गर्छ अहिल्यै ठोकुवा गर्न कठिन हुन्छ । तर, गाडीको साइज, ब्याट्री, मोटर र अन्य फिचरहरु हेर्दा चिनियाँ विद्युतीय कारलाई कडा टक्कर दिन सक्नेगरी नै ई भिटारा अगाडि बढ्ने अनुमान गर्न सकिन्छ ।

कुनै समय जापानी ब्राण्डको राम्रो प्रभाव रहेको नेपाली बजारमा ई भिटारा राम्रै अपेक्षा गरिएको मोडल हो । अहिले बजारमा ब्याजदर कम भएको समयमा ई भिटारको टप भेरियन्ट किन्दा मासिक किस्ता कति बुझाउनु पर्छ भन्ने पाठकको जिज्ञासा मेटाउन हामीले यहाँ प्रयास गरेका छौं ।

डाउन पेमेन्ट र मासिक किस्ता

डाउन पेमेन्ट र मासिक किस्ता मूल्य र ब्याजदरको आधारमा एकिन हुन्छ । यसको टप भेरियन्टको मूल्य ५९ लाख ४९ हजार भएको कारण त्यसको ४० प्रतिशतले हुन आउने २३ लाख ७९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट वापत सुरुमै बुझाउनु पर्छ ।

मासिक किस्ता सम्बन्धी पूर्ण बिबरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

बाँकी रकम ३५ लाख ६९ हजार ४०० रुपैयाँ कर्जा सुविधा लिन सकिन्छ । अहिले बैंकहरुले ५.९९ प्रतिशत ब्याजदरमा स्कीम नै ल्याएर कर्जा दिइरहेका छन् । यही ब्याजदरमा ७ वर्षे अवधिको कर्जा सुविधा लिँदा मासिक ५२ हजार १२७ रुपैयाँ हाराहारी किस्ता तिर्दा पुग्छ ।

यस्तो छ ई भिटारा

ई भिटाराको लम्बाइ ४२७५ एमएम छ । यसको चौडाइ १८०० एमएम र उचाइ १६३५ एमएम तथा २७०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा १८ इन्चको ह्वील पाउन सकिन्छ ।

मारुती सुजुकीले ई भिटारामा धेरै प्रकारका अत्याधुनिक फिरचहरू छन् । एसयूभीको एक्सटेरियरको फ्रन्टमा क्लोजअफ ग्रिल, एलइडी हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट र कनेक्टेड टेल लाइट पाउन सकिन्छ । सुजुकीले यसमा ठूलो पानारोमिक सनरुफ दिएको छ ।

मारुती सुजुकीले ई भिटारामा लेभल २ एडास फिचर दिएको छ । यसका अलावा ७ एयरब्याग, ब्लाइण्ड स्पट मनिटरिङ सिस्टम, टायर पेसर मोनिटर, ३६० डिग्री क्यामरा, फ्रन्ट र रियर पार्किङ सेन्सर रहने छ । रियर डिस्क ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड फङ्सन, पैदल यात्रुको लागि अकुस्टिक भेहिकल अलार्म सिस्टम लगायतका सुरक्षा फिचर रहेका छन् ।

ई भिटाराको इन्टेरियरमा मल्टिकलर एम्बियन्ट लाइट, वायरलेस चार्जर, १०.२५ इन्चको इन्फोटेन्मेन्ट टचस्क्रीन, १०.१ इन्चको डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्नेछ ।

हर्मन कार्डनको अडियो सिस्टम, इनकार कनेक्टिभिटी टेक, सिंगल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पीएम २.५ एयर फिल्टर, १० वे पावर एड्जस्टेबल ड्राइभर सिट, रिक्लाइन स्लाइडिङ र स्प्लीट रियर सिट, इको नर्मल र स्पोट्स ड्राइभ मोड, स्नो मोड, वान पेडल ड्राइभिङ मोड पाउन सकिन्छ ।


Back_to_top