ट्रयाकमा दौडाएर एक्सपल्स २१० सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले हिरोको बहुप्रतिक्षित मोटरसाइकल एक्सपल्स २१० भक्तपुरको सल्लाघारी नजिक रहेको चौरमा ट्रयाक बनाएर सार्वजनिक गरेको छ । सीजी मोटर्सले सयौंको संख्यामा राइडरहरु भेला बनाएर आफ्नो नयाँ मोटरसाइकल लन्च गरेको हो ।

सीजीले हिरो एक्सपल्स २१० को मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो । केही दिन देखिनै डिलरहरुले भने बुकिङ लिन थालेका थिए ।

डबल पर्पस मोटरसाइकल एक्सपल्स २१० सार्वजनिक गर्दै सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, एड्भेन्चर चाहने युवाहरुको लागि एक्सपल्स एउटा सरप्राइज प्याकेज हो । जहाँ फिचर, मूल्य र डिजाइनको मिश्रण पाउन सकिन्छ ।

एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसले अधिकतम २४।६ बीएच पावर तथा २०।७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।

यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ । यो मोटरसाइकलको फ्रन्टमा ४३ एमएम फुल्ली एड्जस्टेबल यूएसडी फर्क पाउन सकिन्छ भने रियरमा २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन उपलब्ध छ ।

इन्ड्यूरो स्टाइल टेल सेक्सन, स्वीचएबल डबल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।

साथै, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्ड स्क्रीन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।


Back_to_top