काठमाडौं । भारतीय अटो निर्माता टाटाले १८ दिनपछि जुन ३० तारिखमा सियरा ईभी लन्च गर्ने भएको छ । यसअघि पेट्रोलियम पदार्थबाट चल्ने सियराको इलेक्ट्रीक भर्सन बजारमा आउन लागेको हो ।
टाटाले आधिकारीक रुपमा कहिले बजारमा आउँछ भन्ने विषयमा कुनै जानकारी उपलब्ध नगराउँदा सन् २०२७ मा मात्रै बजारमा आउँछ भन्ने आँकलन भारतीय मिडियाहरुले गर्दै आएका थिए । तर, कम्पनीले जुन ३० तारिखमै सियरा ईभी सार्वजनिक गर्ने घोषणा गरेको हो ।
अहिलेसम्म यसको टेक्नीकल डिटेल टाटाले बाहिर ल्याएको छैन । तर, यसलाई रियर ह्वील ड्राइभ सिस्टमको साथ बजारमा ल्याउने तयारी भइरहेको रिपोर्टहरु बाहिर आएका छन् । सियरा ईभी अल ह्वील ड्राइभ सिस्टमको साथ पनि बजारमा आउने छ ।
लगभग आइसीई मोडल जस्तै देखिने तस्बिर भने टाटाले सियरा ईभीको यसअघि नै बाहिर ल्याएको थियो । नयाँ ईभीमा ड्युलजोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, हिटेड र भेन्टिलेटेड सिट, रियर सनसेड, पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा जस्ता फिचर रहने अनुमान गर्न सकिन्छ ।
यसका अलावा मल्टिपल ड्राइभिङ मोड, फाइभ जी कनेक्टिभिटी, हार्मन कार्डनको साउण्ड सिस्टम, १२ वटा स्पीकर, लेदररेट सिट, मोर्डन ड्यासबोड र युनिक डिजाइनको स्टेरिङ ह्वील प्रयोग हुनेछ ।
सियरामा अगाडिको प्यासेन्जरको लागि बोस मोड पनि उपलब्ध हुनेछ । पछाडिको सिट पनि फोल्ड गर्न मिल्नेगरी आउने छ । सुरक्षाको लागि टाटाका सबै एसयूभी अब्बल मानिन्छन् । ग्लोबल एनक्याप र भारत एनक्यापमा ५ स्टार क्र्यास टेस्ट रिपोर्ट आउने अनुमान गरिएको सियराको स्टायण्डर्ड भेरियन्टमै ६ एयरब्याग रहनेछ । कम्पनीले २२ सुरक्षा फिचर सहितको एडास लेभल टु यसमा दिनेछ ।
सियरा ईभीमा तीनवटा स्क्रीन उपलब्ध हुनेछ । यसमा १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र बाँकी दुईवटा १२.३ इन्चको कनेक्टेडे स्क्रीन छ ।

सबै किसिमका बाटोको लागि उपयुक्त दाबी गरिएको ‘जियोमेट्री स्केलेबल आर्किटेक्चर’ सियरा ईभी तयार पार्न लागिएको हो । सम्भवत सियरा ईभीमा १९ इन्चको ह्वील रहने छ ।
टाटा सियराको लम्बाइ ४३४० एमएम, चौडाइ १८४१ एमएम र उचाइ १७१५ एमएम हुनेछ । बुट स्पेसको मामलामा पनि निकै उत्कृष्ट सियरा यसयूभीमा ६२२ लिटरको बुट स्पेस पाउन सकिन्छ । यसका अलावा २०० एमएम माथिको ग्राउण्ड क्लियरेन्स र २७३० एमएम लामो ह्वीलबेस रहने छ ।
अहिलेसम्म सियरा ईभीमा रहने ब्याट्री र मोटरका विषयमा कुनै जानकारी बाहिर आएको छैन । सम्भवतः यसमा ६५ र ७५ किलोवाट आवरको एलएफपी ब्याट्री रहने छ ।


