करोड माथिको अनुभव ८२ लाखमै, एमजी आइएम सिक्स हुँदैछ स्मार्ट खरिद ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटबाट विद्युतीय कारमा सीआइएफ (कस्ट, इन्स्योरेन्स र फ्रेड चार्ज) मूल्यमा कर लगाउने निर्णय लिएसँगै लक्जरी विद्युतीय कार मोडलको मूल्य बढ्यो ।

खासगरी लक्जरी सेग्मेन्टमा उपलब्ध विद्युतीय एसयूभी बीएमडब्लू, टेस्ला, डोन्जा नाइन, हुन्डाई आयोनीक फाइभ, बीवाइडी सिलयान जस्ता मोडलको मूल्य बढ्यो । यी मध्ये केही ब्राण्डले बढेको घोषणा गरेका छैनन् ।

त्यस्तोमा एमजीको प्रिमियम ब्राण्ड आईएमको कुपे डिजाइन क्रसओभर एसयूभी आईएम सिक्सको पनि मूल्य बढ्यो । कम्पनीले आइएम सिक्सको मूल्य ३ लाख रुपैयाँले वृद्धि गरेर ८१ लाख ९९ हजार रुपैयाँ बनाएको हो । यसअघि आईएम सिक्सको मूल्य ७८ लाख ९९ हजार रुपैयाँ थियो । नयाँ मूल्य कायम गर्दा ३ लाख मात्रै वृद्धि भएकाले प्रिमियम ईभीमा सबैभन्दा सस्तो मोडल आइएम सिक्स नै हुने देखिन्छ ।

प्रिमियम सेग्मेन्टभन्दै १ करोड हाराहारी मूल्य तिरेर ईभी किन्नेको लागि एमजी आईएम सिक्स ‘भ्यालू फर मनी’ प्रोडक्ट भएको छ । कम्पनीले निकै कम मूल्यमा प्रिमियम फिचर र टेक्नोलोजी अफर गरेको हो ।

एमजी आईएम सिक्स प्रिमियम फिचर र कम मूल्य भएका ईभी खोज्ने उपभाक्ताको लागि उत्कृष्ट विकल्पको रूपमा बजारमा आएको छ । यसले उपभोक्ताको ध्यान खिच्ने कुरालाई निम्न अनुसार हेर्न सकिन्छ ।

मूल्य ८२ लाख, अनुभव करोड माथिको

एमजीले आईएम सिक्समा निकै मोर्डन र आधुनिक फिचर प्रदान गरेको छ । सामान्यतया करोड माथि पर्ने गाडीमा पनि पाउन मुस्किल पर्ने फिचरहरू यसमा छन् ।

अटोमेटेड पार्किङ, फोर ह्वील स्टेयरिङ, आधुनिक ड्राइभ एसिस्टेन्स, एआई प्रेरित क्याबिन, रेनी नाइट मोड, डिजिटल चेसिस, कन्टिनेन्टलले बनाएको ब्रेक क्यालिपर र ठूलो २६.३ इन्चको डिस्प्ले यसमा छ ।

रियर ह्वील ड्राइभको मज्जा

आजकल धेरै ईभी रियर ह्वील ड्राइभमा उपलब्ध छन् । त्यसमा पनि एमजी आईएम सिक्सको स्टेयरिङ फिडब्याक राम्रो छ । गाडीको ब्यालेन्स र ड्राइभिङ डाइनामिक्स उत्कृष्ट लाग्छ । सानो स्थानमा पनि ठूलो गाडी सजिलै घुमाउन सकिने र स्पोर्टी ड्राइभ चाहनेको लागि यो एउटा सरप्राइज प्याकेज हो ।

प्रिमियम डिजाइन र ठूलो साइज

विश्व चर्चित कारहरू लेम्बोर्गिनी, टेस्ला, अउडी जस्ता मोडलबाट धेरैहदसम्म प्रेरित बडी डिजाइन र क्याविन आईएम सिक्समा पाउन सकिन्छ । लामो ह्वीलबेस र कुपे डिजाइनको कारण क्याविन स्पेस र रोड ‘रोड प्रेजेन्स’ दुवै उत्कृष्ट छ ।

यसको लम्बाइ ४९०४ एमएम, चौडाइ १९८८ एमएम र उचाइ १६६९ एमएम छ । यसमा २९५० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । पछाडिको बुट स्पेश नै ६४६ लिटर क्षमताको छ ।

सुरक्षामा छैन सम्झौता

एमजी आईएम सिक्स सुरक्षा फिचरको मामलामा पनि निकै बलियो छ । कम्पनीले एडास भित्र नै २३ भन्दा बढी सुरक्षा फिचर दिएको छ । जहाँ अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र ७ एयरब्याग पाउन सकिन्छ ।

ठूलो ब्याट्री र धेरै रेन्ज

एमजी आईएम सिक्स गाडी मात्रै ठूलो छैन । यसमा दिइएको फिचर पनि ठूला छन् । यसमा ७५ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । जसको डब्लूएलटीपी रेन्ज नै ४५० किलोमिटर छ । काठमाडौं जस्तो उपत्यकामा चलाउन एक पटकको फुल चार्जले १० दिनसम्म ढुक्क हुन्छ । हाइवे जाँदा पनि चार्ज सकिएला कि भन्ने डर रहँदैन ।

एमजी आईएम सिक्समा १०९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । जसको पीकटर्क ४५० न्यूटन मिटर छ ।


Back_to_top