काठमाडौं । सिंहदरबार चोक र काठमाडौं महानगरपालि अगाडि सहित ६ स्थानमा रहेका ट्राफिक बत्ति नबल्ने अवस्थामा रहेका छन् । झण्डै ९ स्थानमा रहेका मध्ये तीन स्थानका ट्राफिक बत्ति मात्र बल्ने गरेका छन् ।
महानगरिय प्रहरी कार्यालयको तथ्यांक अनुसार हाल सिंहदरवार चोक, काठमाडौं महानगरपालीका अगाडि, त्रिचन्द्र कलेज अगाडि, भोटेबहाल, कालिमाटी र खिचापोखरी मोडमा रहेका ट्राफिक बत्ती नबल्ने अवस्थामा रहेका छन् ।
यस्तै पुतली सडकमा शंकरदेव क्याम्पस अगाडि, जावलाखेलको अल्का अस्पताल र कालिमाटीको साल्ट टेड्रिङ अगाडिको ट्राफिक बत्ती भने बल्ने अवस्थामा रहेको मेट्रो ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सडक बत्तिको हालत उस्तै
यसरी सिंहदरवार चोक र महानगर अगाडिका ट्राफिक बत्ति नै नबल्ने अवस्थामा हुँदा सर्वसाधारणलाई आवश्यक पर्ने सडक बत्ति कहिले बन्ने भन्ने प्रश्न उठ्नु स्वभाबिक हो ।
यस्तै काठमाडौं महानगरपालिकाले भने ३ सडक खण्डमा सडक बत्ति जडान गर्ने योजना बनाएको छ ।
कलंकी–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ र थापाथली–कमलपोखरी हुँदै पुतलीसडक खण्डमा सडक लाइट जडान गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको महानगरपालिकाका प्रवक्त इश्वरमान डंगोलले जानकारी दिए ।
उनकाअनुसार हाल सडक लाइट जडानका लागि सबै वडाहरुबाट माग आएको छ । तर, महानगरको बजेटले एकै पटक सबै ठाउँमा लाइट जडान गर्न नसक्ने भएकाले खन्ड–खन्ड गरेर काम अगाडि बढाउन लागिएको डंगोलले जानकारी दिए ।
हालको बजेट अन्तर्गत महानगरपालिकाले ७ हजार सडक लाइट जडान गर्ने योजना बनाएको छ ।
मागभए अनुसार बत्ती राख्ने हो भने १६ हजार सडक लाइट आवश्यक पर्ने र त्यसका लागि १० देखि १५ करोड रुपैयाँ आवश्यक पर्ने डंगोलले जानकारी दिए ।
उनका अनुसार यही चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ यस कामलाई अघि बढाइने छ ।

