नेटवर्क विस्तारमा आक्रमक बन्दै सीएफमोटो, २५० डुअलको मूल्य बढ्यो

काठमाडौं । सीएफमोटोको एड्भेन्चर मोटरसाइकल ‘२५० डुअल ईएफआइ’को मूल्य बढेको छ । नेपालका लागि सीएफमोटोको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टर सीएफमोटो २५० डुअलको मूल्य इन्ट्रोडक्टरी प्राइसभन्दा १५ हजार रुपैयाँ बढाएको हो ।

कम्पनीले यो मोटरसाइकल लन्च गर्दा विशेष छुट अफरमा ५ लाख ४९ हजार ९०० रुपैयाँमा उपलब्ध गराएको थियो । अब भने आधिकारिक मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकेको हो ।

कम्पनीले यही असार मसान्तभित्र २५० डुअल ईएफआई खरिद गर्दा २ वर्षसम्मको सवारी कर निःशुल्क पाउने कम्पनीले जनाएको छ । साथै, प्रत्येक खरिदमा फुल फेस हेल्मेट निःशुल्क पाउने छन् ।

सीएफमोटो २५० डुअल शक्ति, प्रदर्शन, आराम तथा बहुउपयोगिताको उत्कृष्ट संयोजन भएके मोटरसाइकल हो। यो मोटरसाइकल दैनिक सहरी यात्रादेखि अफ रोड साहसिक यात्रासम्मका लागि उपयुक्त रूपमा डिजाइन गरिएको छ।

सीएफमोटो २५० डुअल मोटरसाइकलमा २५० सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । युरो ५ इमिशन स्ट्याण्डर्डमा आउने यो मोटरसाइकलले २४.४ पीएस पावर तथा २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियर रहेको छ ।

मात्र १५४ किलोग्राम तौल भएको यो मोटरसाइकल अफरोडको लागि निकै उपयोगी हुनेछ । मोटरसाइकलको अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील प्रयोग भएको छ । टायर भने अनरोड र अफरोड दुवैका लागि उपयुक्त हुनेछ।

अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध डुअल २५० मा एबीएस र स्लिप असिस्ट क्लच दिइएको छ । यसमा २४५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स र १३ लिटर क्षमताको फ्युल ट्याङक पाउन सकिन्छ ।

यसमा २४५ मिमी अग्लो ग्राउण्ड क्लियरेन्स छ । जुन यस सेग्मेन्टकै उत्कृष्टमध्ये एक हो। यसले उबडखाबड बाटो, कच्ची सडक, अफरोड ट्रयाकहरूमा समेत सहज र आत्मविश्वासपूर्ण यात्रा सम्भव बनाउँछ ।

सीएफमोटोले बिक्रीपछिको सेवालाई पनि प्राथमिकतामा राखेको छ । कम्पनीले देशव्यापी बिक्री, सेवा तथा स्पेयर पाट्र्स सञ्जाललाई तीव्र गतिमा विस्तार गरिरहेको छ।

हाल ग्राहकहरूले नेपालगञ्ज, बुटवल, हेटौँडा, इटहरी लगायतका स्थानमा जेनुइन स्पेयर पाट्र्स तथा व्यावसायिक सेवा सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, कम्पनीले यही महिना भित्रै चितवन र पोखरामा पूर्ण सुविधा सम्पन्न थ्री एस (सेल्स, सर्भिस एण्ड स्पेयर्स) आउटलेट संचालनमा ल्याउने भएको छ ।

कम्पनीले हाल उपत्यकाभित्र टेकु, नक्साल नारायणचौर, झम्सीखेल र सल्लाघारी शोरुमहरूबाट बिक्री र बिक्रीपछिको सर्भिस उपलब्ध गराइरहेको छ ।


Back_to_top