काठमाडौं । एथर इनर्जीले ७ लाख युनिट इलेक्ट्रीक स्कुटर बिक्रीको माइलस्टोन पूरा गरेको छ । कम्पनीले ८ वर्षको अवधिमा ७ लाख युनिट स्कुटर रिटेल बिक्री गरेको हो ।
एथर ७ लाख युनिट स्कुटर बिक्री पूरा गर्ने ओला, टीभीएस र बजाज पछि चौथो भारतीय कम्पनी हो । कम्पनीले सन् २०१८ देखि स्कुटर २०१८ बिक्री सुरू गरेको थियो ।
बहान परिवहन भारतको तथ्यांक अनुसार कम्पनीले २५ जुलाइ २०२६ सम्ममा ७ लाख ४ हजा ४४७ युनिट स्कुटर बिक्री गरेको छ । जसमा कम्पनीले २ लाख युनिट स्कुटर पछिल्लो ८ महिनामा बिक्री गर्न सफल भएको हो ।
कम्पनीले कुल बिक्री गरेको स्कुटरको आधाभन्दा धेरै युनिट पछिल्लो १८ महिनामा बिक्री गरेको छ । कम्पनीले २०२२ मा पहिलो पटक ५४ हजार युनिट बिक्री गरेको थियो भने २०२३ मा १ लाख ११ हजार बिक्री गरेको थियो । २०२५ मा भने कम्पनीले २ लाख १४ हजार युनिटभन्दा धेरै स्कुटर बिक्री गर्न सफल भएको थियो ।
अहिले भारतमा १३.४ लाख युनिटको बजार रहेकोमा एथरले १६ प्रतिशत बजार हिस्सा ओगटेको छ । यो वर्ष जनवरीदेखि जुन २०२६ सम्ममा कम्पनीले १ लाख ३६ हजार युनिटभन्दा धेरै स्कुटर बिक्री गरिसकेको छ । कम्पनीको यही रफ्तारलाई हेर्ने हो भने यो वर्ष ३ लाख २५ हजार युनिट स्कुटर बिक्री गर्ने देखिन्छ ।
एथर इनर्जीले २०२४ मा रिज्टा बजारमा ल्याएसँगै स्कुटर बिक्रीमा उछाल आएको हो । रिज्टा सार्वजनिक भएको २ वर्षको अवधिमा ३ लाखभन्दा बढी बिक्री भइसकेको छ ।
एथरले आक्रामक बजार विस्तारका लागि अर्को तयारी गरिरहेको छ । कम्पनीको नयाँ ईएल प्लेटफर्म बजारमा ल्याउँदै छ । त्यस्तै, कम्पनीले महाराष्ट्रमा नयाँ प्लाण्टको स्थापना गर्दैछ । जसको वार्षिक उत्पादन क्षमता १० लाख युनिट रहेको छ । २०२७ को मार्चमा यो प्लाण्ट संचालनमा ल्याउने कम्पनीको तयारी छ ।


