काठमाडौं । काठमाडौंको महारजगंजमा दीपलको अत्याधुनिक नयाँ स्टेट अफ आर्ट शोरुम संचालनमा आएको छ ।
नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले अटोकर्पले नेपाली उपभोक्तामाझ सहज ढंगले विश्वस्तरीय ईभी पुर्याउने उद्देश्यले आफ्नो नेटवर्क विस्तार गरेको हो ।
उक्त शोरुम एमएडब्लूको आधिकारिक डिलर एपोलो मोटर्सले संचालन गर्नेछ । उद्घाटन समारोहमा फ्युचरिस्टिक आयाम थप्दै अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डलाई प्रदर्शनीमा राखिएको थियो जसले उपस्थित अतिथिलाई कृत्रिम बौद्धिकता र स्वचालनमा चांगानको दूरदर्शी दृष्टिकोणको प्रत्यक्ष अनुभव दिलाएको थियो ।
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपालमा दीपलको मागलाई पूरा गर्न विभिन्न सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार गर्ने क्रममा महाराजगंजमा पनि संचालनमा ल्याइएको बताए ।
‘नेपाली ईभी बजार एउटा रोमाञ्चक मोडमा आइपुगेको छ । दीपलले यो रुपान्तरणको नेतृत्व गरिरहेको छ,’ उनले भने, ‘दीपलमा एउटा लिगेसी ब्राण्ड बन्ने सबै सम्भावनाहरू छन् । एमएडब्लू यो ब्राण्डलाई दशकौंसम्म टिक्ने लिगेसी ब्राण्डका रूपमा स्थापित गर्न प्रतिबद्ध छ ।’
एपोलो मोटर्सका निर्देशक सुयाश ज्ञवालीले दीपलको काठमाडौंको अधिकृत डिलर बन्न पाउँदा हर्षित भएको बताए । ‘यो एउटा कार सोरुममात्र होइन यो दीपलका आकांक्षित ईभी मोडलहरूको वास्तविक अनुभव गर्ने एउटा गन्तव्य पनि हो,’ उनले भने ।
उद्घाटनकै दिन २० जना ग्राहकलाई दीपल ईभी डेलिभरी गरिएको थियो । कार्यक्रमका दीपलका ब्राण्ड एम्बेसेडर पारस खड्का, एमएडब्लू वृद्धिका अध्यक्ष अग्रवाल र नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवालीले नयाँ ग्राहकलाई चाबी हस्तान्तरण गरेका थिए ।


