काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीले काठमाडौंको ॐ समाज डेन्टल हस्पिटल प्रालिमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।
बैंक र अस्पताल बीच विशेष छुट सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र हस्पिटलका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार चाबहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासमा रहेको ॐ समाज डेन्टल हस्पिटलमा उपचार गर्दा बैंकका ग्राहक र कर्मचारीले बिरामी दर्ता र चेक अपमा १०० प्रतिशत, विविध सेवाहरूमा लाग्ने शुल्कमा १५ देखि २५ प्रतिशतसम्म छुट पाउने छन् ।
नेपाल बैंकले हाल देशभरका २३१ शाखाहरू, २४६ एटीएम साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको छ । यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुर्याई प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।
बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।


