काठमाडौं । नेपाल बैंक लिमिटेड र पोखरा महानगरपालिका ६ लेकसाइडस्थित डालिया होटेल प्रालि बीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र डालिया होटेलको तर्फबाट निर्देशक सीता रायमाझीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले होटलद्वारा तोकिएको विभिन्न सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुट पाउने छन् ।
नेपाल बैंकले देशभरका २३१ शाखाहरू, २४६ एटीएम साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।


