काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलामा सुख्खा पहिरो खस्दा सवारी आवगमन अवरुद्ध भएको छ ।
आज बिहान सुख्खा पहिरो खस्दा मुग्लिनतर्फ आउने र मुग्लिनबाट नारायणगढतर्फ गएका सयौं सवारी साधन बीच बाटोमै राकिएका छन् ।
अहिले मेसिन प्रयोग गरी उक्त पहिरो हटाउने काम भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
डिभिजनले रोकिएर बसेका सवारीसाधनहरू आफ्नो लेन अनुशासन पालना गर्न अनुरोध समेत गरेको छ ।


