युवा उद्यमी मञ्चद्वारा अटोमोटिभ उद्योगको अवस्थाबारे अन्तक्रिया

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले ‘सीइओ फोरम : इन्जिनभन्दा परे, नेपालको अटोमोबाइल उद्योगको कथा’ विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ।

कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायिक नेतृत्व, नीति विज्ञ र उद्योगीहरूसँग छलफल गरेको हो । छलफलमा नेपालको कर्पोरेट र औद्योगिक ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका वरिष्ठ विज्ञहरूको उपस्थिति रहेको थियो।

प्यानलिस्टहरूमा सीजी होल्डिङ्ग्सका प्रबन्ध निर्देशक करण चौधरी (मारुती प्रतिनिधि), भोइथकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य (टोयोटा प्रतिनिधि), र सिमेक्स इंक प्रालिका सीईओ साहिल श्रेष्ठ (बीवाईडी प्रतिनिधि) थिए । कार्यक्रमको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गरेका थिए ।

सीएनआईवाइईएफकी नेटवर्क एंड कम्युनिकेशन सभापति साईनी खेतानले कार्यक्रमको रूपरेखा र उद्देश्यमाथि प्रकाश पारेका थिए ।

छलफलका क्रममा अटोमोटिभ क्षेत्रका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे विमर्श गरिएको थियो। सो अवसरमा आयोजित खुला प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नीतिगत स्थिरता, बजारका समसामयिक चुनौती र समग्र लगानीको वातावरणका विषयमा प्यानलिस्टहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए।


Back_to_top