काठमाडौंमा शंकास्पद गाडीको बिगबिगी

काठमाडौं । सोमबार काठमाडौंमा शंकास्पद गाडीको बिगबिगी देखिएको छ । आज बिहानैदेखि काठमाडौंका विभिन्न मिडिया हाउसको कार्यालय र राजनीतिक दलका नेताका घर अगाडि अनाधिकृत रूपमा निजी नम्बर प्लेटका गाडी पार्किङ गरेर छाडिएको हो ।

आज बिहानै ७ बजेतिर कान्तिपुर मिडिया हाउस अगाडि बा प्रदेश ०१ ०३४ च ८४८० नम्बरको गाडी पार्किङ गरेर राखिएको थियो ।

त्यस्तै, बुद्धनगरस्थित अनलाइनखबर अगाडि बा। १२ च १२५५ नम्बरको र मध्यबानेश्वरमा रहेको हिमालयन टेलिभिजनको गेटैमा बा १० च १२५५ नम्बरको निजी गाडी पार्किङ गरेर छाडिएको थियो ।

नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ । सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ ।

त्यस्तै, अनामनगरस्थि भाटभटेनी सुपर मार्केट अगाडि पनि वेबारिसे अवस्थमा गाडी भेटिएको थियो ।

कान्तिपुर, अनलाइनखबर र हिमालयन टेलिभिजन अगाडि राखिएका गाडी प्रहरीले हटाइसकेको छ ।

सबै ठाउँमा राखिएका गाडीमा चालक छैनन् । गाडी कसले र किन राखियो भन्ने खुलेको छैन । त्यसबारे अनुसनधान भइहरेको प्रहरीले जनाएको छ ।


Back_to_top