काठमाडौं । चेरी र ज्यागुआर ल्यान्ड रोभरले संयुक्त रुपमा निर्माण गरेको बनेको पहिलो एसयूभी ‘फ्रिल्याण्डर ८’ को इन्टेरियर सार्वजनिक भएको छ ।
चेरी जेएलआरले बुधबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत आफ्नो पहिलो मोडल फ्रिल्याण्डर ८ को इन्टेरियरको आधिकारिक तस्बिरहरू सार्वजनिक गरेको हो ।
यससँगै फ्रिल्याण्डरको क्याबिनले अटो बजारमा नयाँ हलचल पैदा गरेको छ । प्योर इलेक्ट्रीक र हाइब्रिड दुवै भर्सनमा उपलब्ध फ्रिल्याण्डरको क्याबिनलामा दुईवटा मुख्य सिटको लेआउट छ, । जसमा चालकका लागि ‘कमाण्डर’ सिट र अगाडिको यात्रुका लागि फर्स्ट क्लास सुविधासहितको ‘एलएडीवाई’ सिट राखिएको छ।
चालकको सिटलाई सडकको स्पष्ट र उच्च दृश्य देखिने गरी डिजाइन गरिएको छ । जसले नियन्त्रण र सुरक्षा दुवैको महसुस गराउँछ ।

अगाडिको यात्रुका लागि विशेष अरामदायी सिट दिइएको छ । जहाँ १,२०० एमएमको लेगरुम उपलब्ध छ । उक्त सिटमा ६ फिट ३ इन्चसम्म उचाइ भएका यात्रुहरूले पनि हवाईजहाजको फस्र्ट क्लास क्याबिनमा जस्तै आरामसँग खुट्टा तन्काएर यात्रा गर्न सक्छन् । यस क्षेत्रमा छुट्टै स्टोरेज, विशेष बेलायती सुगन्ध (फ्रेग्रेन्स) र हावा प्रवाह मिलाउने क्लाइमेट कन्ट्रोल जडान गरिएको छ।
फ्रिल्याण्डर ८ भित्रका भौतिक बटनहरूमा विश्वप्रसिद्ध स्विस घडीहरूमा प्रयोग गरिने ‘क्लु डे पेरिस’ बुट्टा कुँदिएको छ । गाडीको भित्री भागमा ‘अप्टिकल ग्रेड डुअल फ्लोटिङ क्रिस्टल’ नबहरू पनि छन् । जुन १४४ वटा कोणमा काटिएको के ९ अप्टिकल क्रिस्टलबाट बनेका छन् । यसमा २५६ रङको डुअल रिङ एम्बियन्ट लाइटिङ जडान गरिएको छ।
यसको ड्यासबोर्ड ‘टी आकारको ब्रिज’ लेआउटमा आधारित छ । जसमा कुराकानी र फंसन संचालनलाई सजिलो बनाउन ४६.३ इन्चको ८ के प्यानोरामिक रिमोट डिस्प्ले र १५.६ इन्चको एलईडी सेन्ट्रल कन्ट्रोल स्क्रीनलाई सँगै जोडिएको छ।
फ्रिल्याण्डर ८ का सबै मोडलहरूमा हुवावेको छियानकुन एडीएस ५.० इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम छ । यसमा सबैभन्दा पछिल्लो पुस्ताको ‘क्वालकम स्न्यापड्रैगन ८३९७’ अटोमोटिभ ग्रेड चिप प्रयोग गरिएको छ । याे नयाँ चीपले सीपीयूको प्रदर्शन तीन गुणा सुधार गर्ने, जीपीयूको प्रदर्शन पनि तीन गुणा र एआई कम्प्यूटिङ क्षमता १२ गुणाले बढाएको दाबी कम्पनीले गरेको छ ।यो चिप प्रयोग गर्ने फ्रिल्याण्डर विश्वकै पहिलो गाडी समेत हो ।
८०० भोल्टको हाइ भोल्टेज प्लेटफर्ममा बनेको यो एसयूभीमा सीएटीएलसँगको साझेदारीमा विकास गरिएको विशेष अल टेरेन फ्रीभोय रेन्ज एक्सटेण्डर-हाइब्रिड ब्याट्री प्रयोग गरिएको छ । साथै, हुवावेले विकास गरेको आइ-एटीएस इन्टेलिजेन्ट अल टेरेन सिस्टम पनि रहेको छ ।
फ्रिल्याण्डर ब्राण्डमा आउन लागेको पहिलो प्योर इलेक्ट्रीक मोडलको लम्बाइ ५.१ मिटर छ । यसमा ३०४० एमएम लामो ह्वीलबेस रहने छ । ६ सिट क्षमतामा आउने एसयूभी विभिन्न तीन भेरियन्टमा उपलब्ध हुनेछ ।
विश्व अटो बजारमा तरंग ल्याइरहेको फ्रिल्याण्डर ८ यही वर्षको अन्त्यसम्म लन्च हुनेछ ।


