पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइसेन्स २०८५ भदौसम्म छुट पाउने

काठमाडौं । पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमति अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले २ वर्षसम्म विभिन्न शुल्कमा छुट पाउने भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको हो।

त्यस्तै, बैठकले ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको सरकारको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।


Back_to_top