याडियाको मनसुन एक्सचेन्ज अफर सुरू, १० हजार छुट पाउने

काठमाडौं । याडिया नेपालले आजदेखि ग्राहकहरूका लागि “मनसुन एक्सचेन्ज अफर” सुरू गर्ने भएको छ ।

नेपालका लागि याडियाको आधिकारिक बिक्रेता कुजु नेपाल साउन १५ गतेसम्म नेपालभरका याडिया शोरुमहरूमा उक्त एक्सचेन्ज अफर संचालन गर्ने भएको हो ।

कम्पनीका अनुसार यस एक्सचेन्ज अफरमा ग्राहकले याडियाका स्कुटर खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउने छन् । साथै, आफ्नो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दा थप एक्सचेन्ज भ्यालुएसन प्राप्त गर्न सक्नेछन्। यसका अलवा ग्राहकले रेनकोट र हेल्मेट पनि पाउने छन् ।

ग्राहकलाई खरिद प्रक्रिया थप सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा इजी फाइनान्स सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

मनसुनको समयमा ग्राहकलाई थप सुविधा र मूल्य प्रदान गर्दै, जुनसुकै ब्रान्डको दुईपाङ्ग्रे सवारीलाई आधुनिक इलेक्ट्रीक स्कुटरमा सहज रूपमा अपग्रेड गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो अफर ल्याइएको कुजु नेपाल ले जनाएको छ।

सन् २००१ मा स्थापना भएको याडिया विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे निर्माता कम्पनी हो। विश्वभर १०० करोडभन्दा बढी प्रयोगकर्ता रहेको याडियाले १५० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो सेवा विस्तार गरिसकेको छ।


Back_to_top