एसियाली बजारमा हार्लेले सस्तो मूल्यमा नेकेड बाइक ल्याउने

केही समय अगाडि हार्ले डेभिड्सनले दक्षिण यसियाली कम्पनीसँगको सहकार्यमा इन्ट्रिलेभल बाइक बनाउने घोषण गरेको थियो । विश्व बजारका बाइक पारखीहरुका लागी सस्तो मूल्यमा हार्लेका बाइक निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । 

यसअघि एसियाली कम्पनीसँगको सहकार्यमा बाइक निर्माण गर्ने भनियता पनि कुन कम्पनीसँग मिलेर निर्माण गर्ने भन्ने विषयमा भने केही जानकारी दिइएको थिएन । 

अब कम्पनीका अनुसार चाइनिज कम्पनी क्वाइन्जंग मोटरसाइकलसँग सहकार्य गरेर बाइक निर्माण सुरु भएको बताइएको छ । यी दुई कम्पनीको सहकार्यमा कम्पनीले हार्लेको इन्ट्रिलेवल बाइक निर्माण गर्ने जनाइएको छ । प्यारालल ट्वीन लिक्वीड कूल्ड ३३८ सीसी इन्जिनयूक्त बाइक निर्माण हुने छ । हार्लेको उक्त बाइक क्रुजर मोडल नहुने जनाएको छ ।

हालसम्म हार्लेले क्रुजर बाइकमात्र निर्माण गर्दै आएकोमा यो बाइक नेकेड मोडलमा आउने भएको हो । यो बाइक चीनमा निर्माण भएर अन्तर्राष्ट्रिय बजारमा निर्यात हुनेछ ।

अमेरीकन बाइक निर्माता कम्पनीले चीनमा निर्माण गर्ने यो स्ट्रीटफाइटर बाइक २०२० सम्म सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । कम्पनी बाइकको फिचरको बारेमा भने केही सार्वजनिक गरेको छैन । 

सार्वजनिक भएको तस्विरमा भने यूएसडी फर्क रहने छ । फुलएलडी हेडल्याम्प तथा टेलल्याम्प, डबल च्यानल एबीएस जस्ता बिशेषता यो बाइकमा रहने छ ।


Back_to_top