काठमाडौं । चेरी अटोमोबाइल ग्रुपको सबब्राण्ड आइकारकाे भी २७ एसयूभी नेपाल आइपुगेको छ । नेपालका लागि आइकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ‘रफ एण्ड टफ’ अफरोड एसयूभी नेपाल भित्र्याएको हो ।
कम्पनीले हाल उक्त गाडी नेपालमा विभिन्न सडकमा परीक्षणमा गरिरहेको हो । कम्पनीले आइकार भी २७ यही साउन २६ गतेदेखि आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
आइकार भी २७ ईआरईभी प्रविधिमा आधारीत हाइब्रिड एसयूभी हो । यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिइएको छ । साथै, ३४.३ किलोवाटको सीएटीएलको एलएफपी ब्याट्रीप्याक छ । यसको प्योर इलेक्ट्रीक रेन्ज २१० किलोमिटर छ । फुल ट्यांकी इन्धनसहित भने १२०० किलोमिटर हाराहारी रेन्ज दिने कम्पनीको दिएको छ ।
आइकार भी २७ चीनमा रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ । नेपालमा कुन भेरियन्ट ल्याएको भन्ने कम्पनीले खुलाएको छैन ।
यसको अल ह्वील ड्राइभ मोडलको अधिकतम पावर ३३६ किलोवाट छ भने ५०५ न्यूटन मिटर टर्क प्रदान गर्न सक्छ । जसले शून्यदेखि १०० किलोमिटरको टप स्पीड भेट्टाउने समय ५.५ सेकेण्ड मात्रै लगाउँछ । त्यस्तै, रियल ह्वील ड्राइभको पावर १८५ किलोवाट छ भने ३०० न्युटन मिटर टर्क प्रदान गर्छ ।

भी–२७ एसयूभी साइजमा पनि निकै ठूलो छ । यसको लम्बाइ ५०५५ एमएम, चौडाइ १९७६ एमएम र उचाइ १८९४ एमएम छ । यसमा २९१० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
यसको ड्यासबोर्डमा १५.४ इन्चको २.५ के इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ । जसलाई कम्पनीले यसमा होराइजन जर्नीको ६ पी चिप प्रयोग गरेको छ ।
अत्याधुनिक स्न्यापड्रागन ८२९५ पी चिपसेटले चलाउँछ । साथै, २३ स्पीकर अडियो सिस्टम, लेदर इन्टेरियर, विशाल रियर लेगरुम र प्यानोरामिक सनरुफ लगायत फिचर छन् ।
भी २७ मा सुरक्षाका लागि होराइजन रोबोटिक्सको जर्नी ६पी चिप र लाइडार प्रविधिमा आधारित लेभल २ एडास, ७ वटा एयर ब्याग, एबीएस, ईबीडी लगायत फिचर छन् ।


