नेपाल आयो कम मूल्यको बीवाइडी एटो-२, के फेरियो ?

काठमाडौं । बीवाइडीको सफल मोडल एटो-२ नयाँ भेरियन्टमा उपलब्ध भएको छ । यसअघि बिक्री हुँदै आएको रेगुलर भेरियन्टभन्दा कम मूल्यमै नयाँ भेरियन्ट आएको हो ।

साइमेक्स इंकले आजबाट सुरु भएको नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६ मा सानो ब्याट्री साइजमा एटो-२ ल्याएको हो । यसमा ४५ किलोवाट आवरको ब्याट्री रहेको छ । जसको डब्लूएलटीपी रेन्ज ३१३ किलोमिटर दावी गरिएको छ ।

यसअघि रेगुलर मोडल (प्रिमियम भेरियन्ट) ४८ लाख ९९ हजारमा बिक्री गर्दै आएको साइमेक्सले नयाँ (इसेन्सीयल भेरियन्ट) को मूल्य ४५ लाख ९५ हजार रुपैयाँ तोकेर बिक्री थालेको हो । यसमा ब्याट्री बाहेक अन्य ठूलो परिमार्जन केही पनि भएको छैन ।

 


Back_to_top