५ वर्षे वारेन्टीले बढायो सीएफमोटो २५० डुअलमा आकर्षण

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा सीएफमोटो २५० डुअल ईएफआईमा ग्राहकको आकर्षण देखिएको छ ।

नेपालमा सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो २५० डुअल ईएफआईमा वारेन्टी बढाएर ५ वर्ष वा ६० हजार मिलोमिटर पुर्याएसँगै ग्राहक थप आकर्षित भएका हुन् ।

नयाँ वारेन्टी घोषणाले एक्स्पोमा सीएफमोटोको स्टलमा आउने आगन्तुकहरूको चासो थप बढाएको छ । नाइमाको पहिलो दिनमै सीएफमोटो २५० डुअल ईएफआई प्रति मोटरसाइकल प्रेमीहरूको उत्साहजनक आकर्षण देखिएको कम्पनीको भनाइ छ ।

यस नयाँ घोषणाले ग्राहकलाई लामो समयसम्मको स्वामित्व सुरक्षा, विश्वसनीयता र थप मूल्य प्रदान गर्ने कम्पनीले जनाएको छ।

सीएफमोटो २५० डुअल ईएफआई आधुनिक प्रविधि, एडभेन्चर डिजाइन र दैनिक प्रयोगका लागि आवश्यक व्यवहारिकतासहित तयार गरिएको एक आकर्षक एडभेन्चर मोटरसाइकल हो।

यसमा २५० सीसी लिक्विड कुल्ड ईएफआई इन्जिन, डुअल च्यानल एबीएस, एडभेन्चर केन्द्रित एर्गोनोमिक्स, लामो ट्राभल सस्पेन्सन, फुल एलईडी लाइटिङ, बलियो डुअल स्पोर्ट डिजाइन जस्ता फिचर छन् ।

विशेषगरी लामो दूरीको यात्रा, दैनिक आवतजावत तथा विकेन्ड एडभेन्चर राइडका लागि उपयुक्त सीएफमोटो २५० डुअल ईएफआईमा थपिएको ५ वर्षे वारेन्टीले ग्राहकहरूलाई मोटरसाइकलको दीर्घकालीन स्वामित्वप्रति अझ बढी विश्वास दिलाएको कम्पनीको भनाइ छ।

‘नाइमाको पहिलो दिनमै सीएफमोटो २५० डुअल ईएफआई प्रति देखिएको ग्राहकको प्रतिक्रिया अत्यन्त उत्साहजनक छ। ५ वर्षे वारेन्टी केवल एउटा अफर मात्र नभई सीएफमोटो २५० डुअल ईएफआई को गुणस्तर र विश्वसनीयताप्रतिको हाम्रो विश्वास तथा ग्राहकलाई दीर्घकालीन स्वामित्वमा थप ढुक्क बनाउने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब हो,’ कम्पनीका प्रतिनिधिले भने ।

एक्स्पो अवधिमा ग्राहकहरूले सीएफमोटो २५० डुअल ईएफआई खरिदका लागि सहज किस्ता सुविधा उपलब्ध छ । साथै, ग्राहकले सीएफमोटोका देशभरका शोरुमबाट आफूसँग भएको पुरानो मोटरसाइकलसँग नयाँ सीएफमोटो २५० डुअल साट्न सक्नेछन् ।


Back_to_top