नयाँ रेनो डस्टर आज सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

रेनोले भारतीय बजारमा परिमार्जित नयाँ रेनो डस्टर सार्वजनिक गर्ने भएको छ । कम्पनीले सार्वजनिक गरेको तस्बिरमा रेनोको डिजाइन, हेडल्याम्प र फ्रन्ट लुकमा परिमार्जन गरिएको देखिएको छ ।

एलईडी डीआरएल र प्रोजेक्टर हेडल्याम्प दिइएको छ । फेसलिफ्टको फ्रन्ट बम्परमा पनि बदलाव गरिएको छ ।

यसको रुपमा परिर्वतन ल्याउन नयाँ रुफ रेल्स, नयाँ डिजाइनको अलोए ह्विल, लगाएतको बदलाव गरिएको छ । फेसलिफ्टमा नयाँ सिट फेब्रिक, अपडेटेड इन्फोटेन्टमेन्ट सिस्टम, लगाएतका फिचर्स हुनेछन् । सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयर ब्याग, स्पीड वार्निङ, र एबीएस सबै भेरियन्टमा समावेस हुने कम्पनीले जानकारी दिएको छ ।

यो मोडल पनि पुरानो मोडलमा दिएजस्तै १.५ डीसीआई इन्जिनद्वारा संचालित छ जसले ८५ एचपीपावर र २०० एनएम टर्क जेनेरेट गर्छ । यसमा बीएस–६ मापदन्ड अनुरुपको इन्जिन लगाइएको कम्पनीले जनाएको छ ।


Back_to_top