नुवाकोट र रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलिब्रिज जडान गरिने

सांकेतिक तस्बिर ।

काठमाडौं । भदौ १० गते आएको बाढीले टुटाएको नुवाकोट र रसुवा बीचको सडक सम्पर्क जोड्न ७५ मिटर लामो बेलिब्रिज जडान गरिने भएको छ ।

रसुवालाई सडक संजालसँग जोड्ने भरपर्दो र द्रुत वैकल्पिक मार्गका रूपमा नुवाकोटको सूर्यगढी गाउँपालिका-२ तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका ५ वहाखोलासम्म फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज जोड्ने प्रक्रिया अघि बढाइएको हो ।

पूर्वाधार विकास मन्त्रायलका अनुसार सम्बन्धित पालिका अध्यक्षबाट आएको अनुरोध अनुसार बेलीब्रिज निर्माणका लागि मन्त्रालयबाट आवश्यक निर्देशन र सहजीकरण गरिएको हो ।

बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट रसुवा जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्ग तयार हुनेछ । यसबाट फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र धुन्चे करिब ३५ किलोमिटरको दुरीमा पुग्न सकिने छ ।


Back_to_top