स्याकार ट्रेडिङ र एनआइसी एशिया बीच अटो लोन सम्झौता

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआइसी एशिया बैंक बीच होण्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

ग्राहकलाई होण्डाका नयाँ गाडी खरिद गर्न आर्थिक रूपले सहज बनाउने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट चिफ बिजनेस अफिसर अमित केसी, हेड मोट्र्गेज बैंकिङ एण्ड अटो लोन दीपक आचार्य र स्याकारको तर्फबाट प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एनआइसी एशिया बैंकले होण्डाका ग्राहकहरूलाई आकर्षक तथा कम ब्याजदरमा सजिलो फाइनान्सिङ (सवारी कर्जा)को सुविधा प्रदान गर्नेछ।

यस सुविधा अन्तर्गत ग्राहकहरूले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिन भित्रमा नै लोन प्रक्रिया पूरा गरिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

यससँगै ग्राहकले होण्डाका लोकप्रिय मोडलहरू होण्डा सीआरभी, सिटी ई एचईभी, फिफ्थ जेन सिटी, एलिभेट लगायतका गाडी किन्न सहजै ऋण पाउने छन् ।

उक्त यस सम्झौताले ग्राहकहरूको नयाँ होण्डा कार चढ्ने सपनालाई सरल र छिटो छरितो रूपमा साकार पार्न मद्दत पुग्ने दुवै संस्थाले विश्वास लिएका छन्।


Back_to_top