काठमाडौं । विद्युतीय सवारीसाधनको बजारमा प्रिमियम अनुभव खोज्ने ग्राहकलाई लक्षित गर्दै एक्सपेङले दशैंको अवसरमा विशेष ‘सेलिब्रेसन अपग्रेड’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत एक्सपेङ जी-६ खरिदमा ग्राहकले १२ लाख रुपैयाँसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
चाडपर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनामा नगद छुटसँगै ग्राहकका लागि विभिन्न अतिरिक्त सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । योजनाअन्तर्गत ६.६ किलोवाटको वालमाउन्ट चार्जर, एक वर्षको बीमा तथा एक आर्थिक वर्षको सडक दस्तुर कम्पनीले दिनेछ ।
यसैगरी, ग्राहकले आफ्नै घरमा एक्सपेङ जी-६ को टेस्ट ड्राइभ गर्न पाउने छन् । घरमै बसेर टेस्ट ड्राइभपछि गाडीको प्रविधि, फिचर र टेक्नोलोजीको बारे जान्न र अनुभव गर्न पाउने छन् ।
एक्सपेङ जी-६ आधुनिक डिजाइन, लामो दूरीको यात्रालाई ध्यानमा राखिएको ब्याट्री क्षमता तथा उन्नत चालक सहायता प्रविधिका कारण प्रिमियम विद्युतीय एसयूभीका रूपमा बिक्री हुँदै आएको छ । यसको क्याविन पनि फिचर लोडेड छ ।

