काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा ६ महिना (२०८२ चैत १३ देखि २०८३ असोज १२ सम्म)मा ३५ किलोमिटर ग्रामीण सडक कालोपत्र भएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको वर्तमान सरकारको पहिलो ६ महिनाको उपलब्धि सारांश अनुसार ग्रामीण काठमाडाै तथा दुर्गम क्षेत्रमा ३५.१६ किमी सडक कालोपत्र भएको हो ।
सार्वजनिक विवरण अनुसार ६ महिनाको अवधिमा सरकारले यातायात तथा पूर्वाधार क्षेत्रमा आधादर्जन बढी काम पूरा गरेको छ ।
यस अवधिमा १५ वटा सडक पुल र ४९ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको उल्लेख छ । त्यस्तै, देशकै पहिलो आधुनिक नागढुंगा सुरुङमार्ग परीक्षणका रूपमा संचालनमा ल्याइएको छ ।
काठमाडौं-तराई/मधेश द्रुतमार्गको भौतिक प्रगति ५०.०२ प्रतिशत पुगेको छ । साथै, फास्टट्रयाककै लामो महादेवटार सुरुङमार्गको ब्रेक थ्रु सम्पन्न भएको उल्लेख छ ।
त्यस्तै, भदौ १० गते आएको भोटेकाशी बाढीले क्षतिग्रस्त सडक सुचारु गर्न तादस् नदीमा बेलिब्रिज निर्माण सम्पन्न र बेत्रावतीमा निर्माणाधीन रहेको जनाइएको छ ।
मुख्य बजार क्षेत्र तथा राजमार्गमा ७६६९ वटा सीसी क्यामेरा जडान गरिएको उल्लेख छ ।
एकीकृत राष्ट्रिय यातायात नीति २०८३ स्वीकृत भएको छ ।
आन्दोलनमा क्षति पुगेका १३३ वटा सरकारी भवनहरूको मर्मत तथा प्रबलीकरण सम्पन्न गरिएको जनाइएको छ ।
कार्बन व्यापारमार्फत विश्व बैंकबाट ९.४ मिलियन अमेरिकी डलर (१ अर्ब ३४ करोड) वन विकास कोषमा प्राप्त भएको प्रगति विवरणमा उल्लेख छ ।

