दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं । आजदेखि दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

असोज २३ गते बसेको सरोकारवाला निकायहरूको उच्चस्तरीय बैठकको निर्णय अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खुलाइएको हो ।

टिकट बिक्रीलाई व्यवस्थित र आधिकारिक बनाउन टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, टिकटमा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा लेख्नुपर्नेछ ।

अग्रिम टिकट बुकिङ खुलेसँगै बिहानैदेखि टिकट काउन्टरहरुमा सर्वसाधरणको भीड लागेको छ ।

यो वर्ष दशैंमा करिब १० लाख यात्रु बाहिरिने आकलन गरिएको छ । यातायात व्यवस्था विभागले दशैंलाई मध्येनजर गर्दै असोज २५ देखि देशभर यात्रुवाहक सार्वजनिक सवारीको रुट परमिट समेत खुला गर्ने निर्णय गरिसकेको छ ।

व्यवसायीहरुले तोकिएको भाडादरमै टिकट बुकिङ लिनुपर्नेछ । चाडवाडको मौकामा बढी भाडा असुले कारबाही गर्ने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चेतावनी समेत दिएका छन् ।


Back_to_top