स्याफ्रुबेँसीमा बेलिब्रिज जडानको काम अघि बढ्यो

काठमाडौं । सरकारले रसुवाको स्याफ्रुबेँसीमा बेलिब्रिज जडानको काम अघि बढाएको छ । गत भदौ १० गते आएको बाढीले पक्की पुल बगाएसँगै उक्त ठाउँमा बेलिब्रिज राख्न लागिएको हो ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले स्याफ्रुबेँसीमा बेलिब्रिज जडानका लागि फाउण्डेसन निर्माणको काम अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार नदीकाे दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्रयाक खोल्ने काम सुरू गरिएकोछ । बेत्रावतीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेसँगै स्याफ्रुबेँसीमा पनि निर्माण कार्यलाई तीव्रता दिइएको हो ।

‘रसुवाको स्याफ्रुबेँसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन निर्माणको काम अघि बढाइएको छ । नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्रयाक खोल्ने काम सुरू गरिएको हो,’ उनले सामाजिक संजालमा लेखेका छन् ।

स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण सम्पन्न भएसँगै रसुवागढीसम्मको सडक सञ्जाल पुनःस्थापित हुनेछ । त्यसपछि बेलिब्रिजका सामान लैजान सहज हुनेछ ।

बेत्रावतीमा बेलिब्रिज जडानको काम करिब दुईतिहाई सकिएको छ । आइतबारसम्म सम्पन्न गरी सवारी साधन संचालनमा ल्याउने लक्ष्य छ ।


Back_to_top