काठमाडौं । सरकारले शिक्षकलाई सवारी साधन खरिदमा प्रोत्साहन गर्ने नीति लिने भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ को मस्यौदा तयारी पारी सहमतिका लागि अर्थ मनत्रालयका पठाएको हो ।
प्रस्तावित नियमावलीको मस्यौदा अनुसार श्रेणीगत रूपमा शिक्षकले ५० लाख रुपैयाँसम्मको सवारी खरिदा गर्दा ब्याज सरकारले तिरिदिने भएको छ । शिक्षकले सवारी खरिदका लागि बैंकबाट ऋण लिँदा ८० प्रतिशतसम्म ब्याज सरकारले तिरिदिने (सहुलियत स्वरूप व्यहोर्ने) व्यवस्था गरिएको छ । बाँकी २० ब्याज भने शिक्षक आफैंले व्यहोर्नुपर्नेछ ।
प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाखसम्म, द्वितीय श्रेणीका शिक्षकले ४० लाख, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाँग्रे सवारी साधन खरिद गर्न सक्ने छन् ।
उक्त रकमको ८० प्रतिशत ब्याज शिक्षक सेवामा बहाल रहेको अवधिसम्म बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्ने छ ।
प्रस्तावित नियमावलीमा गरिएको व्यवस्था अर्थ मन्त्रालयको सहमति पाई संशोधनको प्रक्रिया पूरा भएपछि मात्रै कार्यान्वयनमा आउने छ । यद्यपि, प्रस्तावित व्यवस्थामा हेरफेर समेत हुन सक्नेछ ।

