थाइल्यान्डमा यामाहा R15 V3 मोटरसाइकलको फेसलिफ्ट भर्सन सार्वजनिक भएको छ । कम्पनीले कस्मेटिक परिवर्तनसहित बजारमा ल्याएको यो मोटरसाइकलको मूल्य पहिलेभन्दा केही मूल्य बढी तोकेको छ ।
नयाँ ग्राफिक्स सहित आएको यो मोटरसाइकल दुई नयाँ कलर ब्ल्यू ब्ल्याक र ग्रे एल्लो अप्सनमा सार्वजनिक भएको कम्पनीले जनाएको छ ।
यसमा एलइडी हेडल्याम्पको साथै, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फ्रेम स्लाइडर, स्किड प्लेट, मेटलाइजर जस्ता विशेषता दिइएको छ । यसको डिजाइन र ग्राउन्ड क्लियरेन्समा भने कुनै परिमाजर्नन गरिएको छैन ।
इन्डिया स्पेक मोडलको तौल १४२ केजी तौल रहेको छ भने, थाइल्यान्ड स्पेक मोटरसाइकलको तौल १३७ किलोग्राम रहेको कम्पनीले जनाएको छ ।
यसमा १५५ सीसी लिक्विड कुल्ड फोर भल्भ एसओएचसी इन्जिन लगाइएको छ । यसले १० हजार आरपीएममा १९.३ पीएस पावरका साथै ८५०० आरपीएममा १४.७ एनएम टर्क उत्पादन गर्छ ।
यसमा ६ स्पीड गियरबक्स लगाइएको छ भने यसको दुबै पाङ्ग्रामा डिस्क ब्रेक र कन्भेक्सनल फर्क लगाइएको छ ।
थाइल्यान्ड स्पेकमा भने एबीएस विशेषता नदिइएको कम्पनीले जनाएको छ । भारतमा भने यो मोटरसाइकल थन्डर ग्रे कलर सहित तीन कलर अप्सनमा आएको कम्पनीले जनाएको छ ।


