भारतीय कस्टुमाइज कम्पनी एसआरटी कोयमब्याटोरले टाटा ह्यारिएरलाई परिमार्जन गर्दै आक्रामक लुक प्रदान गरेको छ । एसआरटीले ह्यारिएरलाई डलब टोन रेड र ब्ल्याक पेन्ट कलरसंगै ल्याएको छ । जसका कारण यो कार रेन्ज रोभर स्पोर्टको जस्तै लुकमा देखिएको छ ।
यसमा नयाँ पिलर, रुफ, विंग मिरर, अलोंगसाइड ब्ल्याक इन्ड फ्रन्ट ग्रिल, हेडल्याम्प र एलइडी टेलल्याम्पमा ब्ल्याक हाउजिंग र ब्ल्याक लोअर ग्रिल लगाइएको छ । नयाँ स्टाइलको अलोय ह्वील लगाइएको छ भने, इन्र्टग्रेटेड रुफ स्पोइलर र सार्क फिन एन्टेनामा ब्ल्याक कलर लगाइएको छ ।
कस्टुमाइजरले ह्यारिएरमा समान २.० लिटर क्रियोटेक फोर सिलिन्डर डिजेल इन्जिन लगाएका छ । यसले १४० पीएस पावरका साथै ३५० एनएम टर्क उत्पादन गर्छ ।


