हुन्डाई मोटर्सले भारतीय बजारमा आफ्नो लक्जरी ब्रान्ड जेनिससका उत्पादन सार्वजनिक गर्ने भएको छ । सन् २०१७ बाटै जेनिसस ब्रान्ड भारतीय बजारमा ल्याउने तयारी गरेको कम्पनीले अब भने उक्त ब्रान्डका दुई एसयूभी र तीन सेडान कार सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
हाल कम्पनीको पाइपलाइन जी ७०, जी ८० र जी ९० सेडान कार रहेका छन् । यसका साथै, कम्पनीले सोही ब्रान्डका दुई एसयूभी निर्माण गरिरहेको छ । यी एसयूभी कियाको टेलुराइड र हुन्डाईको प्यालिसेड कारबाट प्रेरित हुने कम्पनीले जनाएको छ ।
यो एसयूभीको नाम जीभी ८० हुने जनाइएको छ । यस्तै, अर्काे एसयूभी जीभी ७० हुन्डाई टूसानमा आधारित हुने कम्पनीले जनाएको छ । कम्पनीले जेनिसस ब्रान्डका लक्जरी एसयूभी र सेडानमा विभिन्न आकर्षक विशेषता दिने उल्लेख गरेको छ ।
कम्पनीले जेनिसस जीभी ८० र जीभी ७० एसयूभी यथासक्य चाँडो अन्तर्राष्ट्रिय बजारमा ल्याउने तयारी गरिरहेको छ ।
नेपाली सडकमा पनि जेनिससको एउटा गाडी गुड्दै आएको छ । यसलाई नेपालको लागि कोरियाका राजदुतले प्रयोग गरेका छन् ।


