जापानी कार उत्पादक कम्पनी टोयोटाले सोलारबाट चल्ने कार परिक्षण गरि रहेको छ । टोयोटाले हाइब्रिड भर्सनमा उत्पादन गरेको प्रियसलाई नै सोलार भर्ससनमा परिक्षण गरि रहेको जनाएको छ ।
सोलारबाट उक्त कारको व्याट्री आफैं चार्ज हुनेछ । टोयोटाले विगतमा १ सय ६० वाटको सोलार प्रयोग गरिएको छ जसले ८ किलोमिटर रेन्ज दिन्थ्यो ।
अब भने टोयोटाले ठूलो आकारको सोलार जडान गर्ने भएको छ । नयाँ सोलार प्रियसमा ८ सय ६० वाटको सोलार प्रयोग गरिएको छ । यसले कति किलोमिटर रेन्ज दिन्छ भन्ने कुरा कम्पनीले हालसम्म खुलाएको छैन ।
यो परिक्षण सफल भएका कम्पनीले सोलार जडित प्रियसलाई प्राथमिकता दिने जनाएको छ । टोयोटाले यो परिक्षण जापानमा गरिहेको छ ।

