साढे २ करोडमा बबरमहलमा आकाशे पुल तयार, केही दिनमै संचालनमा आउने

काठमाडौं । काठमाडौंको बबरमहलमा आकाशे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त पुल यस साता भित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याइने भएको हो ।

सडक डिभिजन कार्यालय, काठमाडौंले पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको जनाएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुवोध देवकोटाले सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकासे पुल निर्माण गरिएको बताए ।

आकाशे पुल निर्माण भएसँगै पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।

२०८२ फागुन २१ गते निर्माण सम्झौता भई पुल निर्माण सुरु भएको थियो । पुल निर्माणको ठेक्का हेटौंडास्थित हाइटेक इन्जिनियरिङ वर्क्सले पाएको छ । यो पुलको लागत २ करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ रहेको छ ।


Back_to_top