९ महिनामा त्रिभुवन विमानस्थलबाट साढे २८ लाख गरे आन्तरिक हवाई यात्रा

काठमाडौं । सन् २०२६ को ९ महिना (जनवरी-सेप्टेम्बर)मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे २८ लाख यात्रुले आन्तरिक हवाई उडान गरेका छन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार ९ महिनाको अवधिमा कुल २८ लाख ५० हजार ७९३ यात्रुले आन्तरिक हवाइ यात्रा गरेका हुन् ।

जसमा त्रिभुवन विमानस्थलबाट १४ लाख ३२ हजार ४३० यात्रु अन्य विभानस्थलका लागि प्रस्थान गरेका छन् भने १४ लाख १८ हजार ३६३ यात्रु काठमाडौं आएका छन् ।

यस विमानस्थलबाट जनवरीमा ३ लाख १८ हजार ५४८, फेब्रुअरीमा ३ लाख ६० हजार ५५३, मार्चमा ३ लाख ३५ हजार ६८३, अप्रिलमा ३ लाख १७ हजार ९५४, मेमा ३ लाख ६ हजार ६०१, जुनमा २ लाख ५६ हजार ८५७, जुलाईमा २ लाख ७१ हजार ४१६, अगस्टमा ३ लाख १६२ र सेप्टेम्बरमा ३ लाख ८३ हजार १९ जनाले यात्रा गरे ।

त्रिभुवन विमानस्थलबाट आधा दर्जन बढी एयरलाइन्स कम्पनीले आन्तरिक हवाई सेवा प्रदान गर्दै आएका छन् । बुद्ध, यति, श्री, सौर्य, सीता, नेपाल। समिट लगायत एयरलाइन्सले उडान गर्छन् ।

सन् २०२६ को ९ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल ६५ लाख ३९ हजार जनाले यात्रा गरेका छन् । जसमा ३६ लाख ८८ हजार अन्तर्राष्ट्रिय यात्रु रहेका छन् ।


Back_to_top