सवारी साधनमा सीसीटीभी र जीपीएस जडान गर्न विभागले खोज्यो कम्पनी

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनलाई प्रविधिमैत्री बनाउन सेवा प्रदायक कम्पनी खोजी गरेको छ ।

विभागले बुधबार एक सूचना जारी गर्दै सवारी आधुनिक उपकरण जडान सेवा प्रदान गर्न इच्छुक कम्पनीहरुलाई सूचीकरण हुन आह्वान गरेको हो ।

विभागले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी संचालन सम्बन्धी मापदण्ड, २०८३’ मा भएको व्यवस्था अनुसार सवारीमा उपकरण जडान प्रक्रिया अघि बढाएको हो।

विभागका अनुसार इच्छुक कम्पनीले आवश्यक कागजातसहित ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । इच्छुक कम्पनीले निवेदन, कम्पनी, संस्था वा प्राइभेट फर्म दर्ता प्रमाणपत्र, प्यान/भ्याट दर्ता प्रमाणपत्र र पछिल्लो कर चुक्ता प्रमाणपत्र, कम्पनी वा व्यवसाय दर्ता अद्यावधिक भएको प्रमाणपत्र, नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त प्रकार स्वीकृति लगायत कागजात पेश गर्नुपर्नेछ ।

विभागले सार्वजनिक, मालबाहक तथा अन्य सवारी साधनहरूमा नवीन प्रविधि र उपकरणहरूको जडान गरी यस क्षेत्रमा हुने गरेका स्वास्थ्य तथा सुरक्षा जोखिम, अनियमितता, दुव्र्यवहार, दुर्घटनाको नियन्त्रण र न्यूनिकरण गर्दै यातायात क्षेत्रलाई थप सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन लागेको हो ।


Back_to_top