नेपाल प्रिमियर लिग २०२६ को आधिकारिक राइड-हेलिङ पार्टनर बन्यो इनड्राइभ

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ नेपाल प्रिमियर लिग (
एनपीएल) को तेस्रो संस्करणको आधिकारिक राइड–हेलिङ पार्टनर बनेको छ । अक्टोबर २६
देखि नोभेम्बर २१, २०२६ सम्म आयोजना हुने नेपालको प्रतिष्ठित टी–२० क्रिकेट
प्रतियोगितामा इनड्राइभले आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा सहकार्य गरेको हो ।

प्रतियोगिता अवधिभर क्रिकेटप्रेमीहरूले इनड्राइभ एपमार्फत खेलस्थलसम्म आवतजावत गर्न
सक्नेछन् ।

दर्शकहरूको आवतजावतलाई थप सहज बनाउन इनड्राइभले त्रिभुवन विश्वविद्यालय क्रिकेट
मैदान परिसरमा निःशुल्क फ्यान सटल सेवा पनि उपलब्ध गराएको छ । उक्त सेवाअन्तर्गत गेट नम्बर
२ नजिकै रहेको इनड्राइभ पिकअप स्टेसनबाट दर्शकहरूलाई उनीहरूका लागि तोकिएका
प्रवेशद्वारसम्म पु¥याइने कम्पनीले जनाएको छ ।

यातायात सुविधासँगै इनड्राइभले यस सिजन दर्शकहरूको अनुभवलाई थप मनोरञ्जनात्मक
बनाउन विभिन्न गतिविधि पनि सञ्चालन गर्ने भएको छ । मैदान परिसरमा रहने इनड्राइभका
एक्टिभेसन स्टलहरूमा दर्शकहरूले निःशुल्क स्लोगन कार्ड, चियरिङ स्टिक र फेस स्टिकर
प्राप्त गर्न सक्नेछन् । साथै, इनड्राइभको मस्कटसँग तस्बिर खिचाउने, मनोरञ्जनात्मक खेलमा
सहभागी हुने तथा दैनिक आकर्षक उपहार जित्ने अवसरसमेत पाउनेछन् ।

यसैगरी, प्रत्येक खेलमा क्यामेरामार्फत एक जना उत्साही दर्शकलाई ‘कुल फ्यान अफ द म्याच’
का रूपमा छनोट गरिनेछ । छनोट भएका दर्शकलाई इनड्राइभको तर्फबाट विशेष उपहार
ह्याम्पर प्रदान गरिने कम्पनीले जनकारी दिएको छ ।

 


Back_to_top