काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आज (भाइटीका)को दिन काठमाडौं उपत्यकाका विभिन्न ३ रुटमा निःशुल्क बस सेवा संचालन गर्ने भएको छ ।
तिहारको बेला सार्वजनिक यातायात कम चल्ने भएकाले यात्रुका सुविधाका लागि सशस्त्रले ३ वटा बस निःशुल्क रूपमा संचालन गरेको हो ।
सशस्त्र प्रहरी बलका अनुसार उपत्यकाका ३ रुटमा निःशुल्क बस सेवा संचालन हुने व्यवस्था मिलाइएको छ । रुट नम्बर १ अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न ठाउँका यात्रुलाई सेवा प्रदान गर्नेछ ।
त्यसैगरी, रुट नम्बर २ अन्तर्गत प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न ठाउँका यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।
रुट नम्बर ३ अन्तर्गत प्रधान कार्यालय स्वयम्भू कलङ्की, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी हुँदै भक्तपुरसम्म संचालन हुनेछ ।
निःशुल्क बस सेवा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुने सशस्त्र प्रहरीले जनाएको छ ।

