भारतमा सवार्धिक बिक्री हुने दुईपांग्रेमा हिरो स्प्लेन्डर, अन्य कति बिक्री भए

भारतीय बजारमा सबैभन्दा धेरै बिक्री हुने दुईपांग्रे सवारीमा हिरोका मोटरसाइकल रहेका छन् । त्यस्तै सिंगल मोडलमा पनि हिरोको स्प्लेन्डर सर्वाधिक बिक्री हुने मोडल बनेको छ । २०१९ को जुनमा भारतमा हिरो स्प्लेन्डर २ लाख ४२ हजार ७ सय ४३ वटा बिक्री भएको छ । 

त्यस्तै दोस्रो स्थानमा होन्डाको एक्टिभा रहेको छ । यो स्कुटर जुनमा २ लाख ३६ हजार ७ सय ३९ वटा बिक्री भएको थियो । होन्डा एक्टिभा गत वर्षको जुनमा सर्वाधिक बिक्री हुने मोडल थियो । 

तेस्रो स्थानमा हिरोको एचएफ डिलक्स १ लाख ९३ हजार १ सय ९४ वटा बिक्री हुँदा चौथो स्थानमा होन्डाको सीबी साइन रहेको छ । ०१९ जुनमा ८४ हजार ८ सय ७१ वटा सीबी साइन भारतीय बजारमा बिक्री भएको तथ्यांक छ । 

सीबी साइनलाई बजाज पल्सरले पछ्याएको छ । पाँचौं स्थानमा रहेको पल्सर जुनमा ८३ हजार ८ वटा बिक्री भएको छ । त्यस्तै छैटौं स्थानमा हिरोको ग्यामर ६९ हजार ८ सय ७८ वटा बिक्री हुँदा सातौं स्थानमा बजाजको प्लाटिना रहेको छ जुन ५६ हजार ९ ४७ वटा बिक्री भएको छ । 

अठौं स्थानमा रहेको टीभीएस जुपिटर ५६ हजार २ सय ५५, नवौं स्थानमा हिरो प्यासन ५६ हजार १ सय ४३ वटा र दशैं स्थानमा पनि टीभीएस एक्सएल सुपर रहेको छ । यो ०१९ जुनमा ५२ हजार २ सय ५३ वटा बिक्री भएको छ । 


Back_to_top