गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले ४.९०% मै ऋण दिने, १ करोडसम्म पाइने

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सवारी साधन खरिद गर्न न्यूनतम ४.९० प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको हो । बैंकले ल्याएको ‘आरबीबी भेहिकल लोन’ स्कीममा उक्त सुविधा पाइने हो ।

बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले विद्युतीय र इन्धन दुवै खाले सवारी साधन खरिदका लागि १ करोड रुपैयाँसम्म कर्जा पाउने छन् ।

ग्राहकले ७ वर्षसम्मका लागि अटो कर्जा पाउने छन् । यस्तो कर्जा लिँदा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्रै लाग्ने बैंकले जनाएको छ ।

यो योजना मंसिर मसान्तसम्म मात्रै लागू हुने बैंकले जनाएको छ । ग्राहकले देशभरका सम्पूर्ण शाखाबाट अटो कर्जा पाउने छन् । आवश्यक कागजी प्रक्रिया पूरा गर्ने बित्तिकै कर्जा स्वीकृत हुने बैंकले जनाएको छ ।

अटो कर्जा कर्जा लिन व्यक्तिको हकमा ऋणी र जमानीको फोटो, नागरिकता वा राहदानी, नाता प्रमाण पत्र, विवाह दर्ता, आम्दानी स्रोत, प्यान कार्ड लगायत कागजात चाहिन्छ ।

संस्थाको हकमा दर्ता प्रमाणपत्र, प्यानरभ्याट प्रमाणपत्र, प्रबन्धपत्र/नियमावली, कर चुक्ता प्रमाणपत्र लगायत आवश्यक पर्नेछ ।


Back_to_top